बिर्तामोडमा कटहर फेष्टिवल हुने


१४ असार, विर्तामोड । झापाको बिर्तामोड नगरपालिका २ मा रुख कटहर फेस्टीभ हुने भएको छ ।

गत जेठ ४ गते देखी एक हप्ता लिची भेष्टीवल गराएर एक किसिमको फरकपन दिन सफल भएको श्रीजय ड्रिम ल्याण्ड पार्कले यही असार १४ गते देखी एक हप्ता रुख कटहर फेस्टिवल गर्न लागेको हो । नेपालीहरुको महत्वपुर्ण पर्व असार १५ लाई लक्षित गरी भेस्टीवल आयोजना गरीएको पार्कका संस्थापक जय नारायण ढुङ्गानाले बताए ।

पार्कको पाँच बिगा क्षेत्रफलमा रहेको बगानमा बिभिन्न प्रजातीको कटहर रहेका छन् । पार्क प्रवेश शुल्क १०० तिरे पछी अघाउन्जेल कटहर खान पाईने र सुलभ मुल्यमा घर लिएर जान पनि सकिने आयोजकले जानकारी दिए ।

ढुङ्गानाले भ्रमणका क्रममा जाँदा विभिन्न देशमा देखेको कुरालाई प्रयोगमा ल्याएका हुन । नेपालकै नमुना रहेको उक्त पार्कमा फलफुलका प्रशस्त रुख रहेका छन् । आगामि दिनमा मेवा र अम्बकको फेस्टीवल गर्ने योजनामा रहेका ढुङ्गानाले आफ्नो पार्कमा आउनेले सभ्य संस्कार सिक्न सक्ने बताए ।

Comments

comments

Read More