ईन्डिजिनिश्ट क्रान्तिलाई मूर्त रुप दिन गर्नुपर्ने चिजहरु

मोक्तान सिङ्ग तामाङ्ग

पोखरा, १४ जेष्ठ २०७६:-

विश्वका ईन्डिजिनिश्टहरु अर्थात् उत्पिडित जाति र वर्गहरु यत्तिवेला आफ्नो गुमेको सत्ता पुनर्प्राप्तिको लागि सघंर्षरत छ।यस सवालमा ल्याटिन अमेरिकी देशहरुमा त छलाङ नै आईसकेको छ भने अन्य देशहरुमा पनि निरन्तर सघंर्ष जारी छ।यस्तोमा हामीले उत्पिडित जाति,वर्ग सघंर्षलाई अझ थप नयाँ उचाईँमा लानको लागि आदिवासीवाद दर्शनलाई पनि त्यहीँ रुपमा विकास गर्नुपर्ने भएको छ।त्यसको साथसाथमा त्यसलाई मूर्त रुप दिनको लागि नयाँ नयाँ कार्यनीतिहरुको विकास गर्नुपर्ने भएको छ।जसलाई म बुदाँगत रुपमा प्रस्तुत गर्देछु।

१)सूचना प्रविधिको युगमा आदिवासीवादी क्रान्तिलाई कसरी अगाडि बढाउँने? विश्वले अहिले सूचना प्रविधिमा यत्ति छलाङ मारिसकेको छ कि जसको बारेमा हामीले कल्पना समेत गरेका थिएनौं।तर यसमा गम्भीर सवाल के हो?भने विश्वका उत्पिडित जाति,वर्ग,लिङ्गको यसमा समान पहुँच पुग्न सकेको छैन।अझ सूचना प्रविधिको विकासकर्ता वा मालिक वा सञ्चालक त हामी हुनैसकेका छैनौं।हो हाम्रो क्रान्ति यसैमा केन्द्रित हुन जरुरी छ।पहिलो चरणमा हामीले सूचना प्रविधि प्रयोगमा समान पहुँच पुर्याउने,दोस्रो चरणमा आफैँ मालिक बन्नेतर्फ उन्मुख हुने र तेस्रो चरणमा त्यसलाई सामूहिकतामा ढाल्ने काम गर्न जरुरी छ।क्रान्तिको दौरानमा पनि हामीले सूचना प्रविधिको अत्याधिक रुपमा उपयोग गर्न जरुरी छ।त्यसको लागि हामीले सूचना प्रविधि सम्बन्धि ज्ञाताहरुलाई प्रशस्त मात्रामा उत्पादन गर्न जरुरी छ।

२)हामीले हाम्रो अन्तिम गन्तव्य केलाई मान्ने? हामीले हाम्रो क्रान्तिलाई नयाँ उचाईँमा लाने हो भने हाम्रो अन्तिम गन्तव्यको पनि टुङगो लगाउँन जरुरी छ।हामीले हाम्रो अन्तिम गन्तव्यको रुपमा वैज्ञानिक प्रकृतिवादलाई लिएका छौं।किनकि विश्वमै तथाकथित विकासवादी तथा व्यक्तिवादीहरुले आफू धनी हुने वा बन्ने नाममा प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन गरिरहेको छ।यसले पृथ्वीको आयुलाई छोट्याउँदैछ।त्यसैले अब विश्व वैज्ञानिक प्रकृतिवाद तर्फ उन्मुख हुनुको विकल्प छैन।त्यसको लागि विश्वका वैज्ञानिक प्रकृतिवादीहरु एक हुनुको विकल्प छैन।यहीँ कुरालाई मध्यनजर गरेर मैले प्राकृतिक अन्तराष्ट्रवादको विकास भर्खरै मात्र गरेको छु जसले विश्वको वैज्ञानिक प्रकृतिवादीहरुलाई एक हुन आह्वान गर्दछ। हामीले भनेको वैज्ञानिक प्रकृतिवादी व्यवस्था यस्तो हुनेछ। १)प्रकृतिमैत्री समाज हुनेछ। २)शोषणकारी आधुनिक राष्ट्र-राज्यको अन्त्यको अवस्था हुनेछ भने त्यसको विकल्पमा प्राकृतिक सत्ता पुनर्स्थापित हुनेछ। ३)सबैखाले विभेद(जातीय,वर्गीय,भाषिक,धार्मिक,लिङ्गीय, क्षेत्रीय)को अन्त्यको अवस्था हुनेछ।नकि आर्थिक विभेद मात्र।

३)हामीले प्रस्ताव गरेको वैज्ञानिक प्रकृतिवाद आफैँ आउँछ कि सचेत प्रयत्नद्वारा ल्याउँने हो? यो विषय अन्त्यन्तै गहन विषय हो।कम्युनिस्ट अन्दोलनमा वैज्ञानिक समाजवाद आफैँ आउँछ कि सचेत प्रयत्नवाट ल्याउँने हो भन्ने वहस आजसम्म पनि चलिरहेको छ।कार्ल माक्स समाजवाद आफैँ आउँछ भन्थे भने लेनिन सचेत प्रयत्नद्वारा ल्याउँनुपर्छ भन्थे।अहिले आएर हेर्दा न त लेनिनको विचार मात्र सही हो भन्न सकिने अवस्था छ नत कार्ल माक्सको मात्र।यसवाट हामीले के सिक्न जरुरी छ वैज्ञानिक प्रकृतिवाद ल्याउँन सचेत प्रयत्न पनि चाहिन्छ।तर सचेत प्रयत्नले मात्र वैज्ञानिक प्रकृतिवाद आउँन असम्भव छ।त्यसैले अव यो विषयलाई हामीले जड रुपमा लिनुहुदैँन अर्थात यहीँ मात्र सही हो भन्ने रुपमा लिनुहुदैँन।

४)नयाँ नेतृत्व विकास कसरी गर्ने र आदिवासीवादलाई कसरी व्यापाक वनाउँने? नयाँ नेतृत्व जन्माउँने सवालमा पनि हामीमा निक्कै अन्योलताहरु देखिन्छ।हामीले नेतृत्व विकास गर्नमा मेहनत गर्न सकेनौं भने हाम्रो क्रान्ति असम्भव छ त्यसको लागि हामीले विश्व राजनीति देखि लिएर सबै सबै कुराको अध्ययन गर्ने वातावरण बनाउँन सक्नुपर्दछ।हामीले हाम्रो विचार फैलाउँन एउटा गतिलो किताब समेत लेख्न सकेका छैनौं कितावको त के कुरा एउटा पर्चा समेत लेख्न सकेका छैनौं।अनि हाम्रो संगठनमा युवाहरु जोडिन आउँने आधार के त?वा माध्यम के त?हाम्रा कतिपय साथीहरु त लेख लेख्न समेत डराउँनुहुन्छ।अझ हाम्रा कतिपय साथीहरुमा त अत्यन्तै संकीर्ण चिन्तन रहेको पाउँछु आफूसँग भएका डकुमेन्टहरु आफैसँग गुपचुप राख्ने अनि आफू मात्र पढ्ने अनि अरुका अगाडि स्मार्ट पल्टिने अनि अनुवाद गर्नेपर्ने डकुमेन्टहरु पनि अनुवाद गरेमा आफूले भन्दा अरुले जानिने डरले अनुवाद नगर्ने गरेको देखिन्छ।यो कुरा क्रान्तिको लागि अत्यन्तै दुर्भाग्यको कुरा हो।अब हामीले हामीमा रहेको यस्तो संकीर्ण चिन्तनहरु त्याग्न जरुरी छ।हामीसँग भएका डकुमेन्टहरु खोल्नै नहुने वा बाहिरै लान नमिल्ने वाहेकका सबै दस्तावेजहरु अब हामीले युवाहरु माझ पुर्याउँनुपर्दछ।यसको लागि देशव्यापी संजाल बनाएर जान सकिन्छ।त्यसपछि हामी अन्तरदेशीय संजाल वनाउँन तर्फ लाग्न जरुरी छ।यसरी मात्र जाने हो भने हामीले कम्तीमा १००जना खरो नेतृत्व जन्माउँन सक्छौं।विश्वभरिमा करिब ४००,५००जना नेतृत्व जन्माउँन सक्यौं भने हामीले विश्वलाई चुनौती दिन सक्छौं।

५)चार तयारीलाई कसरी मूर्त रुप दिने? चार तयारीलाई मूर्त रुप दिने सवालमा पनि हामीमा धेरै अन्योलताहरु देखिन्छ।एक त हाम्रो वैचारिक तयारी सकिसकेको छैन हामी भने वैचारिक तयारी सकिसक्यो भनेर ढ्वाङ फुकिरहेका छौं।त्यसैगरी अहिलेको पुजीँवादी जमानामा युवाहरुलाई कसरी स्वदेशमै टिकाउँने र युवाहरुलाई प्रशिक्षित गर्ने भन्ने कुराको हामीले विशेष योजना बनाउँन जरुरी छ।र त्याग भन्ने कुरालाई पनि हामीले जड रुप लिनुहुदैँन।हामीसँग कस्तो पनि अनुभव छ भने कुनै समय हामी उत्पिडितहरुको मुक्तिको लागि भनेर सबैथोक त्यागेर हिडिँयो तर त्यसबाट के परिणाम निस्किदियो भने हामीसँग राम्रो राम्रो किताब किन्ने पैसा समेत भईदिएन।दर्शनवारे बुझ्नको लागि साथीहरुले दिईएको निम्तोमा समेत पैसाको अभावका कारण जान सकिएन।यसवाट हामीले ठूलो पाठ सिक्यौं र अध्ययन र श्रमलाई सँगै सँगै लाने काम गरियो।जसबाट हामीलाई ज्ञान निर्माणमा ठूलो रहत मिल्यो र साथीभाई भेटघाटमा हिडँनको लागि पनि सहज भयो।तर यो नै सही र अन्तिम कार्यनीति भने होईन।यसलाई हामीले निरन्तर परिवर्तन गरिहनुपर्छ तर राणानीतिलाई केन्द्रमा राखेर।त्यसैले हामीले चार तयारी पुरा गर्ने सवालमा पनि समय र परिस्थितिअनुसार नयाँ नयाँ कार्यनीति अपनाउँदै अगाडि बढ्न जरुरी छ।यसलाई जड रुपमा लिनुहुदैँन।

६)विकेन्द्रित नेतृत्वलाई कसरी केन्द्रिकृत गर्ने? आदिवासीवाद दर्शनसँग जोडिएका तर वैचारिक,संगठानिक,कुटनीतिक रुपमा खारिन सक्ने सम्भावना बोकेका केही जमात हामीमाझ तयार भैसकेको छ।तर ती सम्भावित नेतृत्वलाई अझ अब्बल कसरी बनाउँने? भन्ने विशेष योजना हामीले बनाउँन सकेका छैनौं।उनीहरुको परिवारिक,व्यक्तिगत समस्यालाई समाधान दिने गरि सोच्न सकेका छैनौं।अब विशेष योजना बनाई खारिन सक्ने सम्भावना बोकेका नेतृत्वहरुको केन्द्रिकरण गर्न जरुरी छ।

(मोक्तान सिङ्ग तामाङ्ग)

Comments

comments

Read More