अपांगहरुका लागि बाँसको मुडा बनाउने एक हप्ते तालिम सम्पन्न

मकवानपुर, १९ जेष्ठ २०७६:

थाहा नगरपालिका सामाजिक विकास शाखाको आयोजना तथा थाहा नगर अपांगता सरोकार समितिको व्यवस्थापनमा अपांगता भएका व्यक्तिहरुका लागि बाँसको मुडा बनाउने एक हप्ते तालिम आज सम्पन्न भएको छ ।

नगरपालिकाको विकासघरमा भएको तालिममा थाहा नगरभरिबाट १३ जना अपाँगता भएका व्यक्तिहरुले तालिम प्राप्त गरेका छन् । नगरपालिका सामाजिक विकास शाखाका संयोजक तथा थाहा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष किरणमान बल तमाङ्गको सभाध्यक्षतामा आज एक कार्यक्रमको विच तालिम समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै तमाङ्गले तालिम लिएर यसको सदुपयोग गर्न सकेमा तालिम अत्यन्त फलदायी हुने र तालिमबाट सिकेको सिपलाई व्यवसायिकरण गर्न व्यवस्थापकीय भूमिकाका लागि आफू र नगरपालिका सदैभ सकरात्मक रहेको बताउनुभयो ।

नगरपालिकाले अघिल्लो वर्ष पनि मुडा बनाउने तालिम गरिएको थियो । कार्यक्रममा महिला तथा बालबालिकाका संयोजक ससिकला सम्बाहाम्फे, नगरपालिका वडा नं ४ का सदस्य सोनिया सुनार लगायतको उपस्थिति रहेको थियो । तालिमलाई रामचन्द्र राईले सहजिकरण गर्नुभएको थियो ।

Comments

comments

Read More