दमकमा ओपन फिडे रेपिड रेटिङ बुद्धिचाल प्रतियोगिता २०१९ सुरु

२० असार, दमक । झापाको दमकमा ओपन फिडे रेपिड रेटिङ बुद्धिचाल प्रतियोगिता २०१९ सुरु भएको छ ।

दमकको होटल कात्यानीको हलमा शुक्रबारबाट बुद्धिचाल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्धाटन दमक नगर खेलकुद बिकाश समितिका अध्यक्ष केन्द्र प्रसाईले गरेका थिए । खेलमा नेपाल र भारतका गरि ४६ खेलाडीको सहभागीता रहेको थियो ।

शुक्रबार सम्पन्न चार चरणको समाप्तिमा दमकका प्रकाश नेपाल र राजन सुवेदी, भारतका चैतन्य अवध ४ अंकका साथ अग्र स्थानमा रहेका छन् ।

झापा जिल्ला चेस संघ र डायनामिक चेस एकेडेमीको सहयोगमा दमक नगर खेलकुद बिकास समिती र दमक बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगीता असार २१ गते सम्म हुनेछ । उक्त प्रतियोगिता ९ चरणको हुने कार्यक्रम संयोजक पुर्व चेस च्याम्पियन तथा दमक बुद्धिचाल संघका अध्यक्ष भुपेन्द्र निरौलाले जानकारी दिए ।

Comments

comments

Read More