थोरै पत्रकार राखेर बेलैमा तलब दिन अध्यक्ष केसीको सुझाव

माघ १३ – न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारलाई तलब दिनसक्ने स्थिति नभए सञ्चालकले त्यस्ता सञ्चारमाध्यमलाई बन्द गर्दा उपयुक्त हुने सुझाव दिनुभएको छ ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था बुझ्न खोटाङ आउनुभएका अध्यक्ष केसीले कुनै पनि बहानामा सञ्चारमाध्यममा काम गर्ने पत्रकारलाई तलब पाउनबाट वञ्चित गर्न नहुने बताउनुभयो ।

“अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्तत्रतालाई सङ्कुचित गर्न पाइन्न । सञ्चारमाध्यम खोल्न पाइन्छ तर, व्यवस्थित ढङ्गले खोल्नु प¥यो ।” दिक्तेलमा बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “सञ्चारमाध्यममा काम गर्ने पत्रकारलाई तलब दिनुप¥यो । पारिश्रमिक दिनुप¥यो । दिन सकिन्न भन्न पाइँदैन ।”

उहाँको सुझाव थियो, “चुस्तदुरुस्त थोरै कर्मचारी राख्नुस् । बेलैमा तलब दिनुस् ।” पछिल्लो समय सरकारले जथाभावी सञ्चारमाध्यम खोल्न दिएर गल्ती गरेको अध्यक्ष केसीको भनाई थियो ।

“एउटै जिल्लामा २०/२५ वटा एफएम चलेका छन् । सरकारले लाइसेन्स बाँडेको छ,” उहाँले भन्नुभयो “खोलिएका सञ्चारमाध्यम कसरी चलेको छ, त्यो हेर्न नसकिने अवस्थामा छ । त्यहाँ काम गर्ने कामदार र पत्रकारले कसरी तलब पाउँछन् भनेर सरकारले सोचेन ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता पेसालाई व्यवस्थित गर्न समाजको पनि उत्तिकै दायित्व भएको बताउनुभयो ।

अहिले कागज मिलाएर न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई प्रतिवेदन दिने सञ्चारकर्मीले भोलि गुनासो लिएर नआउन पनि उहाँले आग्रह गर्नुभयो । “आफूले काम गर्ने सञ्चारमाध्यमको इज्जत जोगाउन अधिकांश पत्रकारले मिलाएर रिपोर्ट पेस गर्छन्” उहाँले भन्नुभयो । रासस

Comments

comments

Read More