विरोधका नाममा आफ्नै स्तनमा आगो झोसिन् एक मोडलले

माघ १३- यी मोडलको दुस्साहसलाई हेर्नुस् । विरोध गर्ने नाममा उनले आफ्नै स्तनलाई आगोले झोसिन् । अष्ट्रेलियन मोडल इमोगेन एन्थोनीले यो हर्कत गरेकी हुन् ।

खासमा उनी ‘फ्री द निप्पल क्याम्पेन’ (केटीहरुले आफ्नो स्तनको मुन्टो सार्वजनिकरुपमा देखाउन पाउनुपर्ने मागका साथ सुरु भएको विश्वव्यापी अभियान) की अभियन्ता हुन् । यहाँ उनको विरोध चाहिँ फोटो पोष्ट गर्न सकिने सामाजिक सञ्जाल इन्स्टाग्रामविरुद्ध लक्षित रहेछ ।

इन्स्टाग्रामको नीतिअनुसार केटी मान्छेले आफ्नो ‘निप्पल’ देखाएको तस्वीर यसमा पोष्ट गर्न पाउँदैनन् । यसलाई ‘ग्राफिक कन्टेन्ट’ को दर्जामा राखिन्छ । जबकि पुरुषलाई भने निप्पल देखाउन छुट छ । एन्थोनीले इन्स्टाग्रामको यो नियम विभेदाकारी भएको र महिलाहरुको स्वतन्त्रतामा बन्देज लगाएको भन्दै विरोध गरेकी हुन् ।

लाइटरको आगो आफ्नो निप्पलमा झोसिरहेको तस्बिर उनले अघिल्लो रात इन्टाग्राममा पोष्ट गरेकी छिन् । सो तस्बिर भाइरल बनेको छ ।

एन्थोनी यसअघि फ्री द निप्पल अभियानमा सामेल थिइन् । गत वर्ष उनले इन्स्टाग्राममा एउटा नांगो सेल्फी पोष्ट गरेकी थिइन् र साथमा एउटा ब्लग पनि लेखेकी थिइन् । ब्लगमा उनले लेखेकी थिइन्, ‘म आशा गर्छु कि भविष्यमा केटीहरुको स्तन जस्तो स्वच्छ र सरल चिजलाई सार्वजनिकरुपमा प्रदर्शन गर्दा आपत्तिजनक मानिने छैन र त्यस्ता केटीहरुलाई बेश्या, भालु वा अन्य अपमानजनक शब्दले पुकारिने छैन । साथै केटीहरुको संवेदनशीलता, यौनिकता र शारीरिक सुन्दरतालाई सर्वत्र स्वीकार्यरुपमा लिइनेछ ।’

सन् २०१५ पनि उनले फ्री द निप्पल ह्यास ट्याग राखेर एउटा लगभग नग्न फोटो पोष्ट गरेकी थिइन् ।

Comments

comments

Read More