मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने ट्रम्पको तयारी,

माघ १४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने बताउनु भएको छ  । ह्वाइट हाउसका प्रवक्ताले कर बापत उठेको राजश्वबाट मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने बताएको विविसीले जनाएको छ । मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोको अमेरिका भ्रमण रद्द भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट आयात

हुने सामानको कर तिर्नु पर्ने बताउनुभएको हो । ट्रम्पले सीमा क्षेत्रमा लगाउने पर्खालको खर्च मेक्सिकोले पनि व्यहार्नु पर्ने बताएपछि मेक्सिकोका राष्ट्रपतिले अमेरिकाको भ्रमण रद्द गर्नुभएको छ ।

मेक्सिकोबाट आयात गरिने सामानमा २० प्रतिशत कर लगाउने र यसले वर्षमा झण्डै दश अर्ब डलर राजश्व उठ्ने ह्वाइट हाउसले जनाएको छ ।

Comments

comments

Read More