सेमिफाइनलमा हल सिटीसँग हारेपनि म्यानचेष्टर युनाइटेड इएफएल कपको फाइनलमा

माघ १४ – गएराति भएको इएफएल कपको दोस्रो सेमिफाइनल खेलमा हल सिटीसँग म्यानचेष्टर युनाइटेड हारेपनि फाइनल प्रवेश गरेको छ । म्यानचेष्टर युनाइटेड हल सिटीसँग २–१ गोल अन्तरले हारेपनि अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको हो । फाइनलमा म्यानचेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्नेछ । साउथह्याम्टन यसअघि लिभरपुललाई १–०गोलले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।हल सिटीले ३५ औं मिनेटमा पाएको पेनाल्टीमार्फत टोम हडलेस्टनले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६६ औं मिनेटमा पाउल पोग्बाले १० यार्ड टाढाबाट गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई बराबरीमा ल्याएका थिए हल सिटीका लागि टाइगर्ज उमार नायासले ८५ औं गोल गर्दै हल सिटीलाई जिताए पनि अंक तालिकामा सिटीलाई पछि पार्दै म्यानचेष्टर युनाइटेड फाइनल प्रवेश गर्यो‍ ।

Comments

comments

Read More