कक्षा ११ र १२ को परीक्षा वैशाखमा (परीक्षा तालिकासहित)

इसरोकार संवाददाता काठमाडौं, माघ १६ – कक्षा ११ र १२ को बोर्ड परीक्षा वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक सूचना निकालेर १२ कक्षाको परीक्षा वैशाख १० गतेदेखि र ११ कक्षाको परीक्षा वैशाख २४ गतेदेखि हुने जनाएको छ ।

बोर्डले साधारण (संगीत र संस्कृत विषय समुहसमेत) तथा प्राविधिक विषय समूह तर्फको नियमित तथा आशिंक परीक्षार्थी सम्मिलित परीक्षा हुने जनाएको हो ।

परीक्षा तालिका

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • त्रिशूली नदीमा फेरि ट्रक खस्यो, लिफ्ट मागेर ट्रक चढ्ने बेपत्ता

    काठमाडौं, माघ १६ – त्रिशूली नदीमा फेरि ट्रक खसेको छ । चितवनको दारेचोक गाविस–४ नाग्दी खोला नजिकैबाट आइतबार बिहान ५ बजेतिर ना ५ ख ५६५४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा एक जना हराएका छन् ।

  • धारोमा पालो कुर्दा स्कुल नै छुट्छ

    मनिराज पाण्डे/उज्यालो । कालिकोट, माघ १६ – कालिकोट सदरमुकाम मान्मबाट २१ कोष टाढा रहेको धौलागोह गाविसमा खानेपानीको अभाव छ । गाविसमा खानेपानीको स्रोत छैन । भएका योजनाहरु पनि मर्मतसम्भार नहुँदा पूर्ण प्रयोगमा आएका छैनन् ।

  • राउटे युवाको उपचारमा उपराष्ट्रपतिका छोराको चासो

    सुर्खेत, माघ १६ – अछामको रानिवन–३ पियलतडामा गएको वर्ष आगो ताप्ने क्रममा जलेर गम्भीर घाएते भएका राउटे युवा कपिल शाहीको उपचारका लागि उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन मगरले चासो दिनुभएको छ ।

  • रसुवाको पर्यटकीय क्षेत्र खाम्जिङ सडक सज्जालमा जोडियो

    रसुवा, माघ १६ – रसुवाको पर्यटकीय क्षेत्र खाम्जिङ सडक सञ्जालमा जोडिएको छ । स्थानीय बासिन्दाको ३२ लाखसहित ५१ लाखको लागतमा रोङ्गा–खाम्जिङ कृषि सडक निमार्ण गरिएको हो ।

  • साहित्य महोत्सवमा मह जोडीको विशेष प्रस्तुति (भिडियो सहित)

    पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवको दोस्रो दिन वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महजोडीले विशेष प्रहसन प्रस्तुत गरे । झण्डै १५ मिनेटको प्रहसनमा मह जोडीले नेपालमा लोकतन्त्र स्थापनापछि देखिएका राजनीतिक विकृतिलाई व्यंग्य गरेका थिए ।

सबै हेर्नुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • कसको उक्साहटमा युट्युब आदि हेरेको भरमा युएइ आउन खोज्छन, यो अरब हो । अमेरिका हैन काम पाउँदैन । काम पाउन यतैको अनुभव खोज्छ । त्यसैले धेरै जना लाखांै डुबाएर आउँछन अनि ठगिएर फर्किन्छन् ।

    ​प्रविण ढकाल

  • प्रधानमन्त्री प्रचण्ड ज्यूका कुरा कसरी पत्याउनु ? मधेसी दललाई पनि सहमतिमा ल्याएर चुनाव गराउने भन्नुहुन्छ । यस्तै पाराले कसरी संभव होला त ?

    ​दिपुकुमार यादव

  • देशमा रोजगार नभएर विदेश जानु त हाम्रो बाध्यता हो । तर त्यो प्रक्रिया पनि निकै झन्झटिलो छ, पश्चिम नेपाल र मध्य नेपालका युवालाई लक्षित गरेर कोरियन भाषाको परिक्षा केन्द्र बुटवलमा राखिदिए केही सहज हुनेथियो ।

    ओम बहादुर पर्तेल

सबै हेर्नुहोस

सोसल मिडिया

Comments

comments

Read More