युएईमा आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को तदर्थ समिती गठन

इसरोकार संवाददाता माघ १६ – युएईमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखा गठन गरिएको छ । शुक्रबार दुवईमा भएको भेलाले नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाको  संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपसंयोजक तिलक साम्पाङ राई, सचिव धनेन्द्र मास्के राना, कोषाध्यक्ष सोनिया इङ्नाम रहनुभएको छ । त्यस्तै सदस्यहरुमा नुरु शेर्पा, हर्कमणी राई र इन्द्र गुरुङ हुनुहुन्छ ।

तदर्थ समितिले सचिव धनेन्द्र मास्के रानाको संयोजकत्वमा नेफिन युएईका पूर्व अध्यक्ष पीएस लिम्बु र नेफिन युएईका द्वितिय उपाध्यक्ष सुरेन्द्र थिङ रहेको तीन सदस्यीय विधान मस्यौदा समिती समेत बनाएको छ । समितिले दुई हप्ता भित्र मस्यौदा तयार गर्ने र विधान पारीत गरेर दुई महिनासम्ममा सदस्यता विस्तार गरेर पहिलो अधिवेशन गराउने छ ।

Comments

comments

Read More