प्रधानमन्त्रीद्वारा मधेशी मोर्चा लाई वार्ताका लागि आव्हान,

इसरोकार संवाददाता काठमाडौ  – सरकारले संविधान संशोधन प्रस्ताव पारित गराउन नचाहेको आरोप लगाउँदै मधेशी मोर्चाले आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वार्ताका लागि बोलाएका छन् ।

हिजो मधेशी मोर्चाको बैठक बसेर माघ २३ गतेका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेतालाई भोलीका लागि वार्तामा बोलाएका हुन् ।

भोली विहान ९ बजे सरकारी निवास बालुवाटारमा वार्ताको लागि बोलाएको हो ।

मधेशी मोर्चाले परिमार्जनसहित संशोधन प्रस्ताव पारित गरेर मात्र चुनावको मिति घोषणा गर्न माग गरेको छ भने सत्तारुढ दल काँग्रेस –माओवादीले चुनावको मिति र संशोधन विधेयक सँगसँगै अघि बढाइनुपर्ने भन्दै आएको छ । । यी दुई विषयमा कुरा नमिलेपछि विवाद उत्पन्न भएको हो ।
यसैबीच एमाले र सत्तारुढ दलबीच चुनावको मिति घोषणा गर्ने सहमति भइसकेको छ ।

Comments

comments

Read More