सरकारलाई तीन दिने अल्टिमेटम, माग पूरा नगरे गाविसको काम ठप्प पार्ने चेतावनी

माघ १८ – गाविस हक हित संरक्षण केन्द्र नेपालले आफ्नो माग पूरा गर्न सरकारलाई तीन दिनको अल्टिमेटम दिएको छ ।

केन्द्रले मंगलबार भक्तपुरको रफत सञ्चार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन आफूहरुले सरकारसमक्ष पेश गरेको पाँच बुँदे मागलाई सम्बोधन नगरे आउँदो बिहीबारदेखि देशब्यापी कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिने बताएका छन् ।

स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत निकाय र सरकारसँग माग पेश गरेको बताउँदै केन्द्रका अध्यक्ष दामोदर रिजालले सरकारले तत्काल माग सम्बोधन नगरे बिहीबारदेखि गाविसका सम्पूर्ण काम ठप्प पारेर आन्दोलन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय निकायको निर्वाचन गर्न सरकारले आलटाल गरेको छ, गाविस सचिवलाई सरकारले वेवास्था गरेको छ, हाम्रो मागप्रति सरकारले बेवास्ता गरे आउँदो बिहीबारदेखि आन्दोलनमा उत्रिएर गाविसका सम्पूर्ण काम ठप्प पार्छौं ।’

सरकारबाट गएको वर्ष स्वीकृत भएको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता तत्काल भुक्तानी गर्न समेत उहाँले माग गर्नुभयो । अध्यक्ष रिजालले भन्नुभयो, ‘गाविस सचिवलाई सरुवा भई अन्यत्र जान लगाइएको प्रतिवन्ध तत्काल फुकुवा गर्न माग गर्दछौँ ।’ सुनसरीको तनमुजा गाविसका सचिव हरिकुमार थापामाथि भएको दुब्र्यबहारको घटनाप्रति केन्द्रको भत्र्सना र खेद रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा महासचिव मुकुन्दप्रसाद गजुरेलले सरकारले आफूहरुको ज्ञापनपत्रलाई वेवास्था गरेको र पटकपटकको मागलाई कुनै चासो नदिएकाले आन्दोलनको कार्यक्रम तय गर्नुपरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष एकनारायण शर्माले सरकारले विद्यमान निजामती कर्मचारीलाई कानुन निर्माण गरी संघीय, प्रदेश र स्थानीय तहमा समायोजन गर्न कानुनको मस्यौदा बनाउन दिएको सुझावलाई समेत वेवास्था गरेको गुनासो गर्नुभयो । ( साभार उज्यालो)

Comments

comments

Read More