ट्रम्पका मन्त्री अनुमोदन गर्ने मतदान डेमोक्र्याटिकद्वारा बहिष्कार

माघ १९ – अमेरिकी सिनेटका डेमोक्र्याटिक सदस्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमण्डलका लागि छानेका दुई व्यक्तिको स्वीकृतिका लागि हुने भनिएको मतदान प्रक्रिया बहिष्कार गरेका छन् ।

यसले गर्दा मतदान प्रक्रिया तत्कालकालागि रोकिएको छ । डेमोक्र्याटिक सिनेटरले ट्रम्पले वित्त मन्त्रीका लागि प्रस्ताव गर्नुभएका स्टिफन म्युचन र स्वास्थ्य मन्त्रीका लागि प्रस्तावित टम प्राइसको अनुमोदन प्रक्रिया रोकेका हुन् । स्वास्थ्य मन्त्रीका लागि प्रस्तावित प्राइस र वित्तमन्त्रीका लागि प्रस्तावित म्युचनको आर्थिक गतिविधिका बारेमा आफूहरुलाई थप जानकारी चाहिने भन्दै डेमोक्र्याटिक सिनेटरले अनुमोदनका प्रक्रिया बहिष्कार गरेका हुन् ।

सिनेटको अनुमोदन कमिटिले ट्रम्पले आफ्नो मन्त्रीमण्डलका लागि प्रस्ताव गरेका धेरैको अनुमोदन गर्ने तयारी गरेको थियो । तर डेमोक्र्याटिक सिनेटरको बहिष्कारका कारण प्रक्रिया रोकिएको हो । ट्रम्पले यसअघि डेमोक्र्याटिक पार्टीका सदस्यले राजनीतिक कारणले आफ्नो मन्त्रीमण्डल गठनमा अवरोध गरिरहेको आरोप

लगाउनुभएको थियो । यस्तै महान्यायाधीवक्ताका लागि प्रस्तावित जेफ सेसन्सको अनुमोदनका लागि हुने भनिएको मतदान पनि रोकिएको छ । राष्ट्रपति ट्रम्पले मंगलबार आफ्ना आप्रवासी सम्बन्धी निर्देशनको कानुनी आधारका बारेमा प्रश्न गर्ने अन्तरिम महान्यायाधीवक्ता साली यट्सलाई बर्खास्त गर्नुभएको थियो । रिपब्लिकन पार्टीका नेताले भने डेमोक्र्याटिक सिनेटरले गरेको अवारोध जायज नरहेको बताएका छन् ।  संवैधानिक रहेकोमा आफू सहमत हुन नसकेको बताउनुभएको छ । गएको छ । क्युबेक शहरमा रहेको मस्जिदमा गोली हानाहान भएको हो । क्युबेकमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रको मस्जिदमा गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था र

Comments

comments

Read More