स्वतन्त्र मधेसको अभियानता सिके राउत प्रहरीको फन्दामा,

इसरोकार संवाददाता २० माघ, काठमाडौं । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो ।

सिराहा स्थायी घर भएका राउत जनकपुरमा डेरा लिएर बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिराहाले पक्राउ पूर्जी जारी गरेको छ । र, उनलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comments

comments

Read More