झापा गोल्डकपको उपाधी मनाङका पोल्टामा

माघ २४ – झापा ११ लाई हराएर दोश्रो झापा गोल्डकप फुटवलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । विर्तामोडको डोमालाल रंगशालामा मनाङलाई जिताउन ६३ औं मिनेटमा ओलावालेले गोल गरे ।

योसँगै मनाङले सिजनमा तेस्रो उपाधी जितेको हो । यसअघि उसले धनगढीमा भएको खप्तड गोल्डकप र पोखरामा भएको आहारारा गोल्डकप जितेको थियो । जितसँगै मनाङले ७ लाख रुपैयाँ र आयोजक झापा ११ ले ५ लाख रुपैयाँ पाएको छ । पहिलो संस्करणमा झापा नेपाल आर्मीसँग फाइनलमै पराजित भएको थियो ।

Comments

comments

Read More