बजेटको दुरुपयोग नगर्न लेखा समितिको निर्देशन

माघ 2४-लेखा समितिले बजेटको दुरुपयोग नगरि सबै जिल्लामा उचित तरिकाले वितरण गर्न सरकारलाई निर्देशन दिएको छ । विनियोजित बजेट राजनीतिक पहुँच भएकाले आफुखुसी रकमान्तर गर्ने गरेको भन्दै त्यस्ता कामलाई अन्त्य गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
चालु आर्थिक वर्षमा स्वीकृत हुन बाँकी रहेका कार्यक्रम आगामी फागुन १५ गतेभित्र स्वीकृत गराउन र ठेक्कापट्टाको काम गर्न गराउन लेखा समितिले निर्देशन दिएको छ ।

बजेट कार्यान्वयन, सञ्चीत रकमको खर्च र बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता व्यवस्थापनका विषयमा आज बसेको समितिको बैठकले मुख्य सचिवमार्फत सरकारलाई सो निर्देशन दिएको हो ।

छलफलमा सांसदहरुले नियम मिचेर रकमान्तर गर्ने कार्य तुरुन्त बन्द हुनुपर्ने बताएका थिए । छलफलमा समितिका सदस्य रामहरि खतिवडाले शक्तिको आडमा रकमान्तर गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

समितिका सदस्यहरुले कुनै पनि विकास निर्माणमा खर्च गर्न व्यवस्था गरेको रकम अप्रर्याप्त भएर वा अरु कुनै कारणले सार्नु परेमा संसद्बाट नै पास गरेर सार्न सकिने प्रावधान भएपनि सरकारले आफू खुसी रकमान्तर गरेको प्रति आपत्ति जनाएका थिए ।

Comments

comments

Read More