टाइम कार्डले कर्णाली राजमार्गमा दुर्घटना कम भयो

माघ २४ – कर्णाली राजमार्गमा दुर्घटना निकै बढ्न थालेपछि सुरु गरिएको टाइम कार्ड प्रणालि निकै कडाइका साथ लागु गरिएको छ । कर्णाली राजमार्गमा दुर्घटना न्युनीकरण गर्नका लागि थालिएको टाइम कार्ड लागु गर्दा पछिल्लो समयमा दुर्घटनासमेत कम भएका छन् ।

कर्णाली राजमार्गमा जुम्लादेखि बड्डीचौरसम्म लगाइएको टाइम कार्डको प्रयोगले ठूला दुर्घटना र दुर्घटनाबाट कर्णाली राजमार्गमा मानवीय क्षति घटेको हो । कुन गाडि कति समय कता पुग्यो, वा कति समय लगायो भन्ने बिषयमा टाइम कार्डको मापन गरिएको थियो । टाइम कार्डअनुसार गाडी चलाउन प्रयास गर्दा दुर्घटना न्युनीकरण भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका हवल्दार बिमल कुमार रावतले बताउनु भयो ।

उहाँका अनुसार  टाइम कार्ड कडा रुपमा लागु नभइदिएको भए धेरै दुर्घटना हुने थियो । यसैगरी जिल्ला ट्राफिक कार्यालयका अनुसार दुईतीन वर्षअघि भन्दा अहिले दुर्घटना घटिरहेको छ ।

जिल्ला ट्रापिक कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७१।०७२ मा १० वटा दुर्घटना भएको र २२ जनाको ज्यान गएको थियो । यसैगरी २०७२।०७३ मा ७ वटा दुर्घटना भएको र ७ जनाको ज्यान गएको तथ्यांक रहेको छ ।

यसैगरी कालिकोट ट्राफिक कार्यालयका अनुसार २०७१।०७२ मा दुर्घटना १९ र  १० जनाको ज्यान गएको थियो । आर्थिक वर्ष २०७२।०७३ मा दुर्घटना ७ र  १० जनाको ज्यान गएको र पछिल्लो ३ महिनामा एक पनि दुर्घटना नभएको प्रहरी नायव निरीक्षक कवि सेन्चुरीले जानकारी दिनु भयो ।

रात्रि सेवा बन्दपछि दुर्घटना कम

राति गाडी चलाउँदा कर्णाली राजमार्गको कालिकोटखण्डको विर्तामोडलगायतका धेरै स्थानमा ठूला दुर्घटना भए र रातिको समयमा उद्धार ढिला हुने भएकाले राति गाडी चलाउन रोक लगाएपछि निकै प्रभावकारी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

राजमार्गको विभिन्न स्थानमा फलामको बार लगाउने काम भइरहेको छ । यसका कारण पनि दुर्घटना कम हुने भएको छ । दैलेखको किट्टुदेखि कालिकोटको मान्मसम्म र जुम्लाका केही स्थानमा फलामे बार लगाइएको र बाँकी स्थानमा काम भइरहेको छ ।                                                                                    (  साभार उज्यालो)

Comments

comments

Read More