पूर्णसमानुपातिक समावेशी प्रणालीका आधारमा स्ववियु निर्वाचन हुनु पर्ने माग,

इसरोकार संवाददाता माघ २४, लिम्बू विद्यार्थी मञ्चले फागुन १४ मा हुन लागेको  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक समावेशि प्रणालीको आधारमा हुनु पर्ने माग राखेका छन् l

मञ्च द्वारा जारी प्रेस विज्ञप्तिमा अहिले लागु  गरिएको मिश्रित निर्वाचन प्रणालीले स्ववियु र शिक्षा क्षेत्रको विकृति विसंगति अन्त्य गर्न नसक्ने दावी गरिएको छ, त्यसै गरि मिश्रीत स्ववियु निर्वाचन प्रणालीले नेपालका सिमान्तकृत तथा उत्पिडित समुदायबाट आउने बिद्द्यार्थीहरू को भावना समेट्न नसक्ने बताएका छन् l  मञ्चका वरिष्ठ उपाध्यक्ष नितेश सिंगक र उप–महासचिव उत्सव सम्बाहाम्फेले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्दा विद्यार्थी नेता मनिल तामाङले सहादत प्राप्त गरेको बलिदानीपूर्ण इतिहासलाई बिर्सन नहुने पनि स्मरण गराइएको छ ।

Comments

comments

Read More