चलचित्र “किंग”का वितरक विच लफडा,

इसरोकार संवाददाता माघ २६, चलचित्र ‘किङ’को बिषयमा चलचित्र संघमा २ वितरकविच लफडा भएको छ । चलचित्र ‘किङ’को पैसा उठ्न बाँकी रहेपछि वितरक गोपाल कायस्थले काठमाण्डौका हलहरुमा पैसा रोकी पाउँ भनेर चलचित्र संघबाट पत्र काटेका थिए ।

यो चलचित्रका अर्का वितरक गोविन्द शाही पनि हुन् । गोविन्दको पनि केहि रकम फसेको वुझिएको छ । यो बिषयमा छलफल गर्नका लागि चलचित्र संघमा मिटिङ बोलाइएको थियो । तर, चलचित्र संघको मिटिङमा पुग्ने वित्तिकै कायस्थमाथि शाहीले हात हालेका थिए । वितरक गोपाल कायस्थले भने–‘हामी यो बिषयमा छलफल गर्नका लागि चलचित्र संघ पुगेका थियौ । सबैको पैसा फसेकाले मिलेर उठाउ भन्ने मेरो तर्क थियो । तर, संघमा पुग्ने वित्तिकै गोविन्दले ममाथि हात हाले ।’

कायस्थका अनुसार गोविन्दले सुरुवातमा अपशब्द बोलेको र पछि कठालो समातेका थिए । यसपछि, कायस्थले प्रहरीलाई फोन गरेका थिए । गोविन्द दर्जन केटाहरुको साथमा चलचित्र संघ पुगेको कायस्थले जानकारी दिए ।

गोपालले अहिले कमलपोखरी प्रहरी वृत्तमा उजुरी दिएका छन् । आफूमाथि हातपात भएको भन्दै ज्यानको सुरक्षाको लागि प्रहरीमा उजुरी दर्ता गराएको गोपालले अनलाइनखबरसँग बताए । चलचित्र ‘किङ’ले देशभरबाट राम्रो व्यापार गरेन । जयन श्रेष्ठको निर्माणमा बनेको यो चलचित्रको व्यापार कमजोर भएपछि वितरक र धेरै प्राविधिकहरुको पैसा फसेको वुझिएको छ । निर्माता जयन श्रेष्ठ पनि लामो समयदेखि सम्पर्कमा नआएको गोपालले जानकारी दिएका छन् ।

यस बिषयमा बिहिबार चलचित्र संघमा वैठक बोलाइएको छ । गोविन्द चलचित्र निर्माता संघका उपाध्यक्ष हुन् भने गोपाल चलचित्र संघका काठमाण्डौ वितरक सभापति हुन् । यो बिषयमा वितरक गोविन्द शाहीसँग वुझ्न खोज्दा उनले फोन उठाएनन् ।

Comments

comments

Read More