मोर्चासँग छलफल गरेर चुनावको मिति घोषणा गर्ने तयारी,

इसरोकार संवाददाता काठमाडौं, फागुन ४ – जेठसम्ममा स्थानीय चुनाव गराउने तयारीमा रहेको सरकारले मधेसी मोर्चासँग सहमतिको लागि प्रयास गरेको छ ।

मंगलबार तीन दलका शीर्ष नेताको बैठकमा भएको कुरा अनुसार मोर्चालाई सहमतिमा ल्याउने प्रयास भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । मोर्चा सहमतिमा नआएपनि जेठ मसान्तभित्रै स्थानीय चुनाव गर्ने तीन दलका शीर्ष नेताहरुले निष्कर्ष निकालेका छन् ।

मंगलबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको छलफलमा सकेसम्म मोर्चालाई मनाउने र नमानेमा केही दिनभित्रै चुनावको मिति घोषणा गर्ने अनौपचारिक सहमति जुटेको हो । मोर्चासँग एकपटक अन्तिम छलफल गरेर मिति घोषणा गर्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

Comments

comments

Read More