निम्तो छ,

लक्ष्मि कला राई ( किरातिनी जुनाकिरी)

देशको माटो हेर्न आउ,
बिहानी को सुर्य झैं l
उज्यालो छर्न आउ,
देशद्रोही लाई घचेट्न सक्ने हात
अनि, अराजकता
चल्दैगर्दा धमिलिएको
देश को मुहार फेर्न आउ l
कलिलो अनुहार मा
दमदार शक्ति बोकि
आफ्नै आमाको काखमा
खेल्दै रमाएका चुम्बकिय
अनि फलामे दुष्टको लागि
असह्य पिडा,
अदम्य शाहस बोकि आउ,
कालो रातमा जुन जस्तै
पोखिएर आउ l
परिचय टुक्र्याउन चाहने
भेष,  भुषा  सापटि लिने दिने
पुर्खाको सपना लत्याउने
अनि, सेवाको नाम मा
भाइ ले भाइलाई धोका दिनेबेला
चेतना लिइ आउ,
असह्य पिडाले खप्न सक्ने
दबाइ लिएर आउ,
मर्न लागेको लाई सास लिएर आउ,
बिकासको अग्रपथमा दौडिने
सीप अनि आट बोकि आउ l
आफ्नो पहिचान बाट
संसारले चिन्न सक्ने नाम लिएर आउ,
आफू मर्न खोज्दा खोज्दै पनि
अरुलाइ बचाउन चाह राख्ने
मुटु भाको मानबियता
दायित्व बोकि आउl
निम्तो छ!
छोरा छोरी र भाइ बहिनी
अनि आउदो पुस्ता लाई देखाउन योग्य
ईतिहास लेख्न आउ।।

Comments

comments

Read More