विवाह गर्न नपाएपछि प्रेमी प्रेमिकाले गरे सामुहिक आत्महत्या,

इसरोकार संवाददाता बर्दिया, फागुन २६ – बर्दियाको धधवारमा विवाह गर्न नपाएको झोँकमा एक जोडी किशोर किशोरीले आत्महत्या गरेका छन् ।

बर्दियाको धधवा-७ का १६ वर्षका शत्रुधन थारु र १३ वर्षकी शर्मिला चौधरीले बुधबार घरमै विष खाएर आत्महत्या गरेको बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

‘प्रेमीले प्रेमिकालाई भगाएर आफ्नो घर लगेका थिए । घर बाहिर केटाकेटी पक्षका आफन्तबिच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेका हुन्’ एसपी बोहराले बताउनुभयो ।

विष सेवन गरेका उनीहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको हो । केटा केटीको दुबैको विवाह योग्य उमेर नभएको प्रहरीले जनाएको छ । दुबैको शवलाई कोहलपुर प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया पठाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Comments

comments

Read More