नेपाल र केन्याको दोस्रो खेल सुरु, नेपालले टस जितेरा बलिंग गर्दै,

इसरोकार संवाददाता ३० फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको दोस्रो खेल सुरू भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेको छ र, बलिङ सुरू गरेको छ ।

आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ ।

पहिलो खेलमा जति दर्शकको उपस्थिति नभए पनि विस्तारै दर्शक थपिने क्रम सुरु भएको छ । आजको खेलमा नेपाली टोलीमा कुनै परिवर्तन भएको छैन । कप्तान पारस खड्का अाज पनि खेल्ने छैनन् ।

Comments

comments

Read More