स्पेनिस क्लव सेभियालाई हराउदै लिसेस्टर सिटी च्यामिपयन्स लिगको क्वाटरफाइनलमा

इसरोकार संवाददाता २ चैत, काठमाडौं । इंग्लिस च्याम्पियन लिसेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । त्यस्तै इटालीयन च्याम्पियन युभेन्टसले पनि प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको छ ।
गएराति सम्पन्न पि्र-क्वाटरफाइनल चरणको दोस्रो लेगमा घरेलु मैदानमा स्पेनिस क्लव सेभियालाई २-० ले हराएपछि समग्रमा ३-२ को जित निकाल्दै लिसेस्टर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा लिसेस्टर भाग्यमानी यो कारणले देखियो कि सेभियाका समीर नास्री खेलको ७४औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिनु र ८०औं मिनेटमा सेभियाका जोन्जीले प्रहार गरेको पेनाल्टी असफल भएको थियो । उनले प्रहार गरेको पेनाल्टी लिसेस्टरका गोलरक्षक चेमिचेलले रोकेका थिए ।
यसअघि खेलको २७औं मिनेटमा मोर्गन र ५४औं मिनेटमा अल्बि्रग्टोनले गोल गर्दै लिसेस्टरलाई दुई शून्यको अग्रता दिलाएका थिए । पहिलो लेगमा सेभियाले लिसेस्टरलाई २-१ले हराएको थियो ।
गएराति नै सम्पन्न अर्को खेलमा इटालीयन च्याम्पियन युभेन्टसले पोर्चुगलको पोर्टोलाई १-० ले हराउँदै समग्रमा तीन शून्यको जित निकाल्यो । खेलको ४०औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई युभेन्टसका डिभालाले गोलमा परिणत गरेका थिए ।
यसअघि ४० औं मिनेटमा पेरेइरा रातो कार्ड खाँदै बाहिरिएपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो । पहिलो लेगमा युभेन्टस २-० ले बिजयी भएको थियो ।

Comments

comments

Read More