गुल्मीका १ सय १७ विद्यार्थी एसइइ परीक्षा दिनबाट वञ्चित

गुल्मी, चैत ३ – बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षामा गुल्मीका १ सय १७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

वञ्चित हुनेमा ६१ छात्रा र ५६ छात्र रहेको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले जानकारी दिनुभएको छ ।

७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले विद्यालय छोडेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । गएको वर्ष पनि ९२ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका थिए ।

Comments

comments

Read More