संघिय गठबन्धन द्वारा देशव्यापी आन्दोलनको घोषणा,

इसरोकार संवाददाता चैत ३ काठमाडौं, मधेशी मोर्चा सहितको संघिय गठबन्धनले ले देशव्यापी आन्दोलन गर्ने भएको छ l

संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् , गठबन्धनले संविधान संसोधन हुनु पर्ने माग राख्दै आए पनि संविधान संशोधन हुन् सकेको छैन l

आन्दोलनका कार्यक्रमहरू :

१  चैत ३ गते संसदमा प्रतिनिधित्व गर्ने संघीय गठबन्धनसँग आबद्व दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता ।
२  चैत ४ गतेदेखि जनअवज्ञा तथा असहयोग आन्दोलन ।
३  चैत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन ? भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई ।
४  चैत १३ गते देशव्यापी सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभा । काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन ।
५  चैत १४ जिल्ला सदरमुकामहरूमा विशेष संरचना (स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र) बिनाको स्थानीय तहको प्रतिवेदन जलाउने ।
६  चैत १५ गते धनगढी, कैलाली, आयोजक – थरूहट तराई पार्टी र थरूहट संयुक्त संघर्ष समिति
७  चैत १६ गते कैलालीको अत्तरिया, आयोजक – खसान राष्ट्रिय संघर्ष समिति र थरूहट संयुक्त संघर्ष समिति ।
८  चैत १७ गते पोखरा, आयोजक – तमुवान संघर्ष समिति ।
९  चैत १८ गते उदयपुर, आयोजक – किरात संघर्ष समिति ।
१०  चैत १९ गते दमक, आयोजक– संघीय लिम्बुवान राष्ट्रिय मञ्च र लिम्बुवान संयुक्त संघर्ष समिति
११  चैत २० गते हेटौडा, आयोजक – तामाङसालिङ संघर्ष समिति, आ.ज.पा, नेपाल
१२  चैत २१ काठमाडौं, आयोजक – नेवा स्वायत्त राज्य संयुक्त संघर्ष समिति, नेपाः राष्ट्रिय पार्टी र ताम्सालिङ संयुक्त संघर्ष समिति । ३ चैत्र, २०७३

Comments

comments

Read More