बोलिभियाका आदिवासी चिमेने समुदायका मानिसको, विश्वमै सवै भन्दा स्वस्थ मुटु,

चैत ६ – बोलिभियाका आदिवासी चिमेने समुदायका मानिसको मुटु विश्वकै सबैभन्दा स्वस्थ मुटुरहेको अनुसन्धानकर्ताले बताएका छन् । बोलिभियाको जंगलमा बसोबास गर्ने आदिवासी चिमेने समुदायका मानिसको मुटु निकै स्वस्थ रहने गरेको पाइएको हो ।वृद्ध अवस्थाका चिमेने समुदायका मानिसको मुटुमा पनि निकै कम समस्या देखिएको द लान्सेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आम मानिसको भन्दा फरक खानपान तथा जीवनशैलीका कारण उनीहरुको मुटु स्वस्थ रहेको अनुसन्धानकर्ताले बताएका छन् ।शिकार तथा प्रारम्भिक खेती प्रणालीमा आधारित भएर जीवन चलाउँदै आएका चिमेने समुदायमा मुटु रोग सम्बन्धी निकै कम मात्रै देखिने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । बोलिभियाको अमेजन रेनफरेस्टको मानिकी नदीको आसपासमा चिमेने सुमुदायको बसोबास छ ।

झण्डै १६ हजारको संख्यामा रहेका चिमेने समुदायले जंगली जनावरको शिकार, माछा मार्ने तथा खेतीबाट आफ्नो जीविका चलाउँदै आएका छन् । उनीहरुको जीवनशैली अहिले आधुनिक जीवनशैली अपनाउँदै आएका मानिसको हजारौं वर्ष पहिलेको जस्तै छ ।

वैज्ञानिक तथा डाक्टरको समूहले उनीहरुको जीवनशैली र स्वास्थ्यमा गरेको लामो अनुसन्धानबाट उनीहरुको मुटु सबै भन्दा स्वस्थ रहेको पाइएको हो । चिमेने समुदायको आहारको १७ प्रतिशत भाग जंगली सुँगुर, बँदेल तथा मुसा प्रजातिको जनावर रहेको छ । यस्तै आहारको सात प्रतिशत स्वच्छ पानीमा पाइने माछा हो । यस्तै स्थानीय रुपमा उत्पादन भएको धान, मैक, सखरखण्ड जस्तै म्यानिओक रुट तथा केरा जस्तै रहने प्लान्टेन्स उनीहरुको खाद्यान्न स्रोत हो । चिमेने समुदायका मानिसको दैनिकी निकै सक्रिय रहेने गरेकाले पनि स्वास्थ्यमा फाइदा पुगेको अनुसन्धानमा संलग्न अमेरिकाको क्यालिफोर्नियामा रहेको लङ बिच मेडिकल सेन्टरका डा. ग्रेगरी थोमसले बताउनुभयो

Comments

comments

Read More