बुफोनको १००० औं खेल, इटालीले जित्यो

चैत १२ – विश्वकप २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा इटाली विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको इटालीले घरेलु मैदानमा भएको खेलमा अल्बानियालाई २–० ले हराएको हो ।

इटालीको जितमा डि रोस्सी र इम्मोबिलेले गोल गरे । १२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै डि रोस्सीले गोल गर्दै इटालीलार्य पहिलो हाफमा १–० को अग्रता दिलाए ।

८० औं मिनेट इम्मोबिलीले गोल गर्दै इटालीलाई २–० को जित दिलाए जितपछि पाँच खेलबाट १३ अंकसहित इटाली दोस्रो स्थानमा छ । समूह ‘जी’ अन्तर्गत राति नै भएको खेलमा मेसेडोनियाले लिचेस्टाइनलाई ३–० ले हराएको छ ।

राति नै भएको समूह ‘डी’ अन्तर्गतको खेलमा १० खेलाडीमा सीमित भएको वेल्स रिपब्लिक अफ आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ । ६९ औं मिनेटमा टेलर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेल्स १० खेलाडी सीमित भयो । अर्को खेलमा अस्ट्रियाले माल्डोभालाई २–० ले हरायो । राति भएका अरु खेलमा क्रोएसियाले युक्रेनलाई १–०, आइसल्याण्डले कोसोभोलाई २–१ र सर्बियालो जर्जियालाई ३–१ हरायो ।

Comments

comments

Read More