मिस चितवनको ताज सुमन गुरुङलाई

चैत्र १२- सुमन गुरुङले ‘तेस्रो शालिमार मिस चितवन–२०१७’ को ताज जितेकी छिन् । उपाधिसंगै वाईल्ड कार्डमार्फत मिस नेपाल २०१७ मा सहभागि हुने अवसर पाएकी छिन् ।

शुक्रबार राति नारायणगढस्थित होटेल सेन्ट्रल पाल्ममा भएको फाईनल प्रतिस्पर्धामा २७ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगि नम्बर ६ रहेकी सुमनले ताज जितेसगै मिस नेपालमा प्रवेश पाएकी हुन् ।

यस्तै, सुमनले एउटा यमाहा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाएकी छिन् । सुमनलाई मिस नेपाल २०१६ अस्मी श्रेष्ठले ताज पहि¥याएकी थिइन् ।

यस्तै, प्रतियोगितामा मनिषा भट्टराई फष्ट रनरअप, सुवेच्छा शर्मा सेकेण्ड रनरअप, सुजिता न्यौपाने तर्ड रनरअप र उरुषा अधिकारी फोर्थ रनरअप भईन् । ब्राइट नेपालको आयोजनामा भएको मिस चितवनमा २८ जना किशोरीले भाग लिएका थिए ।

यस्तै प्रतियोगितामा विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको छ । यसअघि सन् २०१३ मा भएको दोस्रो शालिमार मिस चितवनको ताज सितोष्ना बनले जितेकी थिईन् ।

Comments

comments

Read More