रोजगारीका लागि भारत गएका २० नेपाली ७ महिना देखि जेलमा

इसरोकार सम्बाददाता काठमाडौं, पुस २६ – मजदुरीका लागि भारत गएका २० भन्दा धेरै नेपाली ७ महिनादेखि जेलमा परेका छन् । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर कम्पनीमा कार्यरत कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र देखतभुली गाविसका उनीहरु जेल परेका हुन् ।

काम बापत ज्याला बढाउनु पर्ने माग गर्दै आन्दोलन गरेको आरोपमा कम्पनीले उनीहरुलाई जेल पठाएको किनौरबाट फर्किएका कर्णबहादुर साउदले बताउनुभयो ।

भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका साउदका अनुसार बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला साउद, नरे साउद, टिकेन्द्र साउद, जैदेव ढुङ्गाल, रमेश साउद, गणेश चन्द, गोपाल साउद, भिम साउदलगायत २० जना भन्दा धेरै जेलमा छन् ।

उहाँले हड्तालको आरोपमा पक्राउ परेका उनीहरु निर्दोष रहेको भन्दै रिहाइका लागि पहल गरिदिन आग्रह गर्नु भएको छ ।

Comments

comments

Read More