ट्रम्पको सल्लाहकार आफ्नै ज्वाइँ

पुस २६ – अमेरिका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँको सल्लाहमा देश चलाउनु हुने भएको छ । ट्रम्पले ज्वाइँ ज्यारड कुसनरलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गर्नु भएको छ । गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा कुसनरलेआर्थिक चाँजोपाँजो मिलाउन मुख्य भूमिका खेल्नु भएको थियो । यो नियुक्तिका लागि सिनेटले स्वीकृत दिनु पर्दैन । वरिष्ठसल्लाहकारमा नियुक्त भएपछि कुसनरले कुनै तलब भत्ता नलिने बताउनुभएको छ ।  कुसनर ससुरा ट्रम्पजस्तै घर जग्गा व्यवसायी हुनुहुन्छ ।

Comments

comments

Read More