एसिसी इमर्जिङ टिम्स कपः आज नेपाल भर्सेस बंगलादेश

चैत १५ – एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले मंगलबार दोस्रो खेलमा बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे हुनेछ ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भयो । एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा सञ्चालित इमर्जिङ टिम्स कप सन् २०१३ पछि आयोजना भएको हो ।

नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समूह ‘बी’ मा भारत, श्रीलंका, मलेसिया र हङकङ छन् ।

प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका टिमको सहभागिता छ ।

Comments

comments

Read More