नेपालमा एकै दिनमा दुई पार्टी को जन्म : लोहनी र भट्टाराई द्वारा नयाँ पार्टी को घोषणा,

इसरोकार संवाददाता १६ चैत, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेका  प्रकाश चन्द्र लोहनी र  नयाँ शक्ति नेपालले कारबाही गरेका निर्मल भट्टराईले आआफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन् ।

लोहनीको नेतृत्वमा एकीकृत रास्ट्रिय प्रजातान्त्रिक पार्टी र भट्टाराईको नेतृत्वमा  नयाँ शक्ति नेपालको कमिटी घोषणा भएको छ, l लोहनीको रास्ट्रिया प्रजातन्त्र पार्टीमा केशर बहादुर बिष्ट बरिस्ठ नेता हुने गरि ७१ सदस्य केन्द्रीय कमिटि निर्माण गरिएको छ भने विधानमा १७५ सदस्य रहने ब्याबस्था गरिएको छ l

त्यसै गरि नयाँ शक्ति नेपालमा निर्मल भट्टराईसहित मोहन बम, हरिराम रिमाल र चन्द्रदेव ओझा छन् । ८९ सदस्यीय केन्द्रीय कमिटी बनाइएको भट्टाराईले बताएका छन् ।

Comments

comments

Read More