रोनाल्डो जस्तो देखिएनन प्रतिमा

चैत १७ – क्रिष्टियानो रोनाल्डो विश्वफुटबलमा निकै राम्रो प्रभाव पार्न सफल खेलाडी मध्ये एक हुन् । उनी शारीरिक रुपमा पनि त्यतिकै आकर्षक छन्, जति उनको खेल कला छ । गएको वर्ष आफ्नो नेतृत्वमा पोर्चुगललाई युरोकपको उपाधि दिलाएका रोनाल्डोको सम्मानमा उनको जन्म शहर मदेइराको विमान स्थलको नाम रोनाल्डोकै नामबाट राखिएको छ ।

मदेइरा अन्तर्राष्ट्रिय विमानस्थल बुधबारदेखि एयरपोर्टो क्रिष्टियानो रोनाल्डो भएको छ । त्यहाँ उनको प्रतिमा पनि बनाइएको छ । तर विमानस्थलमा बनाइएको रोनाल्डोको प्रतिमा रोनाल्डो जस्तो नदेखिएको भन्दै सामाजिक सञ्जालमा त्यसको मजाक उडाइएको छ । 

 

 

रोनाल्डोको प्रतिमा रोनाल्डो जस्तो नभएर द गुनिस चलचित्रको पात्र स्लोथ वा  लात्भियाका बास्केटबल खेलाडी क्रिस्टाप्स पोर्जिन्गिस वा आइरिस फुटबल खेलाडी नाएल क्विन जस्तो देखिने सामाजिक सञ्जालमा चर्चा भएको छ । समर्थकले प्रतिमा रोनाल्डो जस्तो नभएको भन्दै आलोचना पनि गरेका छन् ।रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट अहिलेसम्म ७१ गोल गरिसकेका छन् । 

Comments

comments

Read More