इमर्जिङ टिम्स एसिया कप : आज नेपाल भर्सेस हङकङ

चैत १७ – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बिहीबार नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेपछि बंगलादेशको कक्स बजारमा सुरु हुनेछ । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो । 

नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो ।

हङकङसँगको खेल नेपाली क्रिकेटका लागि भने महत्वपूर्ण छ । एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल डकबर्थ लुइस नियमका आधारमा ७ विकेटले विजयी भएको थियो । 

एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ । 

Comments

comments

Read More