अशुरक्षित बन्दै वैदेशिक रोजगार

प्रमोद भट्टराई, काठमाडौं

चैत्र २१- देशमा बड्दै गईरहेको स्वार्थ पूर्ण राजनितिको फोहोरि खेलले गर्दा विदेशिन बाध्य भएका बेरोजगारि नेपाली युवाहरुको सपना साकार पार्ने अन्तिम थलो विदेश पलायन हो भनेर नकार्न सकिदैन ।

बैदेशिक रोजगारीमा जाने मुलुकहरु मध्ये अधिकांश मुलुकसँग श्रम सम्झौता नहुदा र भएको स्थानमा पनि प्रभावकारी रुपवाट लागु हुन नसक्दा भनौ कानुन तथा सरकारको कमजोर पहुँचको कारण रोगी, बिरामी, अंगभंग तथा मानसिक असन्तुलनका कारण वर्षेनी सयौँ युवाहरु विना क्षतिपूर्ती स्वदेश फर्किरहेका छन् । बाध्यात्मक रुपमा वैदेशिक रोजगारीमा गएता पनि विभिन्न कारणहरुले गर्दा यो सुरक्षित हुन सकेको छैन ।

विभिन्न प्रकारका ठगीहरु, कार्य दक्षताको कमि, विभिन्न रोगहरुको भय, श्रम सम्झौता आदि जस्ता कारणहरु बाट वैदेशिक रोजगार दिनानु दिन असुरक्षित बन्दै गएको प्रष्ट छ । मेनपावर कम्पनीले गर्ने ठगीवैदेशिक रोजगारको नाममा मानव किनबेचको निम्ति थोरैलाई छोडेर अधिकांश मेनपावर कम्पनीले राम्रो काम र तलवमा लगाइदिने झुठो प्रचार गरी नक्कली कागजात अथवा डकुमेन्ट तयार पारी विदेश पठाउने गर्दछन् र विदेश पु्याई अलपत्र पार्दछन् ।

कानुनी भन्दा पनी गैरकानुनी रुपमा खोलिएका मेनपावरहरु मार्फत पठाईएका कामदारहरु बढी असुरक्षित हुने गरेका छन् । यसप्रति न त राज्य नै जवाफदेही छ न त मेनपावर कम्पनी । कामका लागी विदेशिनेहरुको तथ्याङ्क बड्दै जाँदा बैदेशिक रोजगारसँग सम्बन्धित ठगी बड्दो छ ।

साउदी अरव, दुवई, कतार, मलेसिया लगायतका खाडी मुलुकमा पुग्नलाई चाहिने आवश्यक खर्च ४५ हजार देखी ६० हजार रुपैयाँ भएपनि त्यसको दोब्बर रकम असुलेर पठाउने गरेको पाईएको छ । अहिले दैनिक करिब आठ सयको हारहारीमा नेपाली युवाहरु खाडी मुलुकमा रोजगारीको निम्ति ९० हजारदेखि १ लाख ५० हजारसम्मको मोटो रकम खर्च गरेर जाने  गर्दछन्  l 

त्यति रकम तिरे पनि न त तलव सुविधा र कामको ग्यारेटी छ न त ज्यानको सुरक्षा नै । बैदेशिक रोजगार ऐन २०४२ ले यस्तो बैदेशिक रोजगारीमा ठगी गर्नेलाई कडा कारवाहिे गर्ने भने ता पनि त्यसको पालना भएको देखिदैन ।

बिभिन्न रोगहरुको संक्रमण

अशिक्षा र गरिबीका कारण घरपरिवारको गर्जो टार्न देशका अधिकांश पुरुष तथा बाध्यात्मक परिस्थितिमा महिलाहरु समेत भारतका विभिन्न सहर तथा तेस्रो मुलुकमा रोजगारीका लागी जाने गर्दछन् ।
लामो समयसम्म घरपरिवारबाट टाढा बस्ने उनीहरुमध्ये कतिपय अज्ञानतावस असुरक्षित यौन सम्पर्क वा जोखिमपूर्ण व्यवहारमा लाग्न पुग्छन् जसका कारण उनीहरु अन्जनमै एच.आइ.भी. संक्रमित भएर वा अन्य यौन रोगहरु लिएर स्वदेश फर्कछन् । यस्ता यौन रोगहरु पुरुष कामदार भन्दा महिला कामदारमा बढी भएको पाइएको छ ।
वैदेशिक रोजगारीका लागी खाडी मुलुकमा गएका महिला कामदार माथि हुने बलात्कार तथा यौनजन्य अपराधहरुका कारणले यस्को प्रकोप बढदै गएको छ । कतिपय अवस्थामा बाध्यात्मक रुपमा (घर मालिकहरुको दवाब) को कारणले गर्दा यौनजन्य क्रियाकलापमा लाग्नाले एच.आइ.भी. नेपाल भित्रिरहेको छ ।
त्यसैगरी, पुरुषहरु पनि यस्ता प्रकारका क्रियाकलापमा लागेको कारण एच.आइ.भी. तथा अन्य रोगहरुबाट संक्रमित भएर नेपाल फर्कने गरका छन् । यसरी अफ्नो घरको आर्थीक अभावलाई भरथेग गर्न वैदेशिक रोजगारमा गएका कामदारहरु आफै संक्रमित भएर फर्किने घटनाले वैदेशिक रोजगार कति असुरक्षित छ सहजै अनुमान लगाउन सकिन्छ ।

आवश्यक शिप र ज्ञानको कमि

आफ्नो कामको बारेमा शिप तथा ज्ञान जानकारी नभइकन वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दो छ । आफूले विदेश गएर गर्नु पर्ने कामको बारेमा विस्तृत जानकारी र तथा त्यो काम सँग सम्वन्धित शिप तथा तालिमको अभाव र भाषा ज्ञानको कमिले दिन प्रतिदिन वैदेशिक रोजगार असुरक्षित बन्दै गईरहेको छ ।
जसको कारणले गर्दा कामदारहरु कम्पनिहरुबाट निकालिने तथा विभिन्न दुर्घटनाहरु निम्त्याई रहेको छ । खाडी मुलुकहरुमा काम गर्न गएका नेपाली कामदारहरुलाई भाषा समस्या हुने गरेको छ । कतिपय कम्पनिहरुमा भाषा नजानेको भन्दै यातना दिने तथा काम बाट निकालिदिने गरेको घटना सुन्ने गरेको पाईन्छ ।
त्यसै गरी कामको बारेमा आवश्यक शिप तथा तालिमको अवाभ हुँदा पनि नेपाली कामदारहरु समस्यामा पर्ने गरेका छन । भाषा दक्षताको कमि, काम सम्वन्धी सीको अभाव र एजेन्टहरुवाट ठगिनेले गर्दा धेरै नेपाली युवाहरु बैदेशिक रोजगारमा जाँदा दुख र सास्ती भोग्नुपरेका घटनाहरु आउने क्रम रोकिएको छैन । त्यसैले भाषा दक्षता, आवश्यक शिप तथा तलिम र जानकारी बिनाको वैदेशक रोजगार सुरक्षित मान्न सकिदैन ।

श्रम सम्झौता नभएको देशमा जानु

बैदेशिक रोजगारको लागी श्रम सम्झौता नभएका देशहरुमा नेपाली कामदारहरु जाने क्रम तिब्र छ । नेपाल वाट भारत हुदै विश्वका विभिन्न देशहरुमा कामको सिलसिलामा पुगेका नेपाली कादारहरु अलपत्र परेका घटनाहरु प्रसश्तै छन् । यसरी श्रम सम्झता नभएका देशहरुमा अबैध ढंगबाट जानु आफैमा असुरक्षित हो । अबैध रुपमा गएका कामदारहरुलाई त्यो देशको सुरक्षा निकायले जेलमा थुन्ने, विभिन्न प्रकारका शारिरीक तथा मानसिक यातनाहरु दिने तथा ज्यानै समेत लिने गर्दछन् ।
त्यसैले यस्तो अबैध तरिकाबाट वैदेशिक रोजगारीकमा जानु सबै भन्दा असुुरक्षित हुन्छ । यसका लागी सरकार भन्दा पनि ब्यति स्वयंले ध्यान दिनु जरुरी हुन्छ । यसरी असुरक्षित वैदेशिक रोजगारीमा गई आफ्नो जीवन र जवानी वर्बाद गर्नुभन्दा आफ्नै देशको माटोमा श्रम र पसिना खर्चे जे पनि गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गरेर स्वदेशमा काम गर्नुपर्छ भन्ने सोचको विकास गर्नु जरुरी छ ।

Comments

comments

Read More