उत्तर पश्चिम सिरियामा रसायनिक आक्रमण ५८ बढीको मृत्यु,

बिबिसी चैत्र २२, २०७३- सिरियामा विद्रोहीहरुले कब्जामा लिएको स्थानमा गरिएको रसायनिक आक्रमणका कारण कम्तिमा ५८ जनाको ज्यान गएको छ । उत्तर पश्चिम सिरियाकाको इडलिबमा सरकारी वा रुसी बिमानले आक्रमण गरेको बताइएको छ ।

मानव अधिकारकर्मीहरुले जनाएअनुसार रसायनका कारण अक्सिन कमी भई अधिकांशको मृत्यु भएको थियो । सिरिया सरकारले रसायनिक हतियार प्रयोग गरेको अस्वीकार गर्दै आएको छ ।

यदि रसायनिक हतियार प्रयोग भएको पुष्टि भए यो सिरियामा ६ वर्षयताकै सबैभन्दा ठूलो रसायनिक हतियारको प्रयोग हो । ६ वर्षअघि सिरियामा गृहयुद्ध सुरु भएको थियो ।

स्थानीय एम्बुलेन्स सञ्चालक मोहम्मद रसोलका अनुसार आक्रमण भएको २० मिनेटपछि उनी घटनास्थल पुग्दा मानिसहरु सास फेर्न गाह्रो भएर छटपटाइ रहेका थिए ।

इडलिबका अधिकांश भूभाग विद्रोही समूह वा अल कायदाआवद्ध जिहादीको समूहको कब्जामा छ । सरकारी सेना र सिरिया सरकारलाई सहयोग गरिरहेको रुसी सेनाले यो ठाउँमा पटक पटक हवाई आक्रमण गर्ने गरेका छन् ।

प्रमुख विपक्षी समूहले राष्ट्रपति बसर अल असदले घटना घटाएको आरोप लगाउदै संयुक्त राष्ट्रसंघले यसको छानबिन गर्नुपर्ने माग राखेको छ ।

Comments

comments

Read More