अक्षय कुमार भारतको नम्वर एक हिरो

इसरोकार संवाददाता चैत २६ अभिनेता अक्षयकुमारले भारतको ‘उत्कृष्ट हिरो’को उपाधि पाएका छन् । ६४औँ राष्ट्रिय फिल्म पुरस्कार घोषणाअनुसार अक्षय फिल्म ‘बरुस्तम’का लागि उत्कृष्ट अभिनेतामा चुनिएका हुन् । यो फिल्मको निर्देशन टिनु सुरेश देसाईले गरेका थिए ।
यसैगरी, सोनम कपुर र शवाना आजमी अभिनीत फिल्म ‘नीरजा’ उत्कृष्ट हिन्दी फिल्म घोषित भएको छ । यो फिल्म ५ सेप्टेम्बर १९८६ मा कराँचीमा भएको प्लेन अपहरण घटनामा आधारित थियो ।
अमिताभ बच्चन र तापसी पन्नु अभिनीत फिल्म ‘पिंक’ भने सामाजिक विषयमा बनेको उत्कृष्ट फिल्ममा चुनिएको छ । आमिर खानको फिल्म दंगलमा गीता फोगाटको बाल्यकालको भूमिका निभाउने जायरा वसिमले पनि ‘बेस्ट सपोर्टिङ एक्टर’को सम्मान प्राप्त गरेकी छिन् ।

Comments

comments

Read More