लहानमा एमालेको चुनाव केन्द्रित कार्यक्रम मोर्चाले बिथोले, ससफो केन्द्रीय नेता सहित ३५ जना पक्राउ,

इसरोकार संवाददाता चैत २६ लहान l सर्लाहीको लहानमा एमाले ले चुनाव केन्द्रित कार्यक्रम गर्न खोज्दा मधेशी मोर्चाले बोथोलेको छ l मधेशी आदिबासी जनजाति माथि  धावा बोल्दै आएको एमाले लाई अहिले मधेशी जनता ले अवज्ञा गर्दै एमाले मुक्त मधेश अभियान चलाउदै आएको छ l   संविधान प्रति असन्तुष्टि जनाउदै आएको मधेशी मोर्चाले यदि संबिधान संशोधन नहुने हो भने सरकारले बैशाख ३१ मा तोकेको स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने चेतावनी समेत दिदै आएको l

कार्यक्रम बिथोल्ने क्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव सहित ३५ भन्दा बढी मोर्चाको नेता तथा कार्यकर्ता प्रहरी ले नियन्त्रणमा लिएको छ l केहि बेर प्रहरी र मोर्चाको नेता कार्यकर्ता बीच झडप भएको थियो, झडपको क्रममा मोर्चाका कार्यकर्ता सामान्य घाइते समेत भएको खवर आएको छ l अहिले मोर्चाले सडक मा टायर बालेर नारा वाजी गरिरहेको छ l

Comments

comments

Read More