सिरिया हमला पछाडी अव अमेरिकाको निशानामा उत्तर कोरिया,

इसरोकार सम्वाददाता वासिङटन, चैत २७ – उत्तर कोरियाले परमाणु र क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाइराख्दा अमेरिकी सेनाले युद्ध जहाजहरु कोरियन पेनिनसुलामा पठाउन निर्देशन दिएको छ ।

कार्ल भिजन स्ट्राइक ग्रुप नामक युद्ध जहाजहरुको समूहमा एउटा विमान बोक्ने जहाजसहित अन्य युद्ध जहाजहरु रहेका छन् ।अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डले त्यस क्षेत्रमा आउनसक्ने स्थितिको तयारीको लागि जहाजहरु पठाइएको बताएको छ ।यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु चुनौतीसँग अमेरिका एक्लै भिड्न सक्षम रहेको बताएका थिए ।

‘त्यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको उत्तर कोरिया नै रहेको छ । अनुत्तरदायी परमाणु कार्यक्रम र क्षेप्यास्त्र परिक्षणले उत्तर कोरिया ठूलो चुनौती बनेको छ,’ अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका प्रवक्ता डेभ बेनहामले भने ।युद्ध जहाजहरुको समूह यसअघि अस्ट्रेलियामा पुग्ने बताइएपनि सिंगापुरबाट त्यसको दिशा परिवर्तन गरेर पश्चिमी प्रशान्त क्षेत्रमा पठाइएको छ ।

ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङको भेटको पूर्वसन्ध्या बुधबार मात्र उत्तरले जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।यता, उत्तर कोरियाले भने सिरियामा अमेरिकी आक्रमणले आफूहरुले परमाणु कार्यक्रमलाई अघि बढाउनु सही भएको पुष्टि गरेको बताएको छ । उत्तरको राष्ट्रिय मिडियाले शुक्रबार एक सरकारी प्रवक्तालाई उद्धृत गर्दै सिरियामाथि भएको अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

Comments

comments

Read More