संघीय समाजवादी फोरम नेपाल र नयाशक्ति पार्टी नेपाल एकताको नजिक,

इसरोकार संवाददाता काठमाडौं, चैत्र २९ – कुनै राजनैतिक  रुपमा उथलपुथल भएन भने डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच बैशाख पहिलो साताभित्र पार्टी एकता हुने भएको छ । ती दुई पार्टी निकट सूत्रहरुलाई आधार मान्ने हो भने संवाद निकै सकरात्मक छन र एकताका लागि केही आधारहरु तय भएका छन् ।

पार्टीको नामबाहेक अन्य पक्ष करिव–करिव टुंगिएको र नाम पनि आज–भोलिसम्मका टुंगिन सक्ने स्रोतको भनाई छ । ‘अहिले विभिन्न चार–पाँच वटा नामको विकल्पमा छलफल भएको छ । कुनै एकमा टुंगिन सक्छ ।’ पार्टी एकताका लागि गठित वार्ता टोलीका एक सदस्यले बताए, ‘तर, राजनीतिमा अन्तिम सहमति नभएसम्म केही भन्न सकिन्न । एकताको लागि प्रयास भैरहेको छ ।’ उनका अनुसार नयाँ शक्ति र फोरम दुवैको नामको स्वामित्व देखिने खालको नाममाथि छलफल भएको छ ।

Comments

comments

Read More