सरकारले ल्याएको संबिधान संसोधन प्रस्ताव एमालेले अस्वीकार गर्ने,

इसरोकार संवाददाता चैत २९ काठमाडौं, नेकपा एमालेले स्थानीय तहको अधिकार कटौती हुनेगरि संबिधान संसोधन प्रस्ताव सरकारले ल्याउन लागेको भन्दै यस्ता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थाई समिति बैठकले आफुहरु सँग परामर्श नगरी स्थानीय तहको अधिकार कटौती गर्ने गरि सरकारले संसोधनको नयाँ प्रस्ताव ल्याउन लागेको भन्दै स्वीकार नगर्ने निर्णय गरेको हो l

बैठकमा एमाले सचिव योगेस भट्टराईले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा संविधानको धारा २७४ परिमार्जन गर्न  खोजिएको भन्दै आपत्ति जनाएको छl थप प्रसङ्ग जोड्दै भट्टाराईले धारा २७४ परिमार्जन गर्नु भनेको विगतको आन्दोलनको उपलब्धिहरु गुमाउनु हो भनेका छन् l सरकारले मधेशी मोर्चा र प्रतिपक्षी सग छलफल गरेर नै मुलुकलाई निकास दिने संशोधन प्रस्ताव ल्याउन खोजिएको हो भनेका छन् l

Comments

comments

Read More