अर्घाखाँचीमा एक सय साठी जना एचआइभी संक्रमित, ४० को मृत्यु

इसरोकार अर्घाखाँची, पुस २७ – अर्घाखाँचीमा एक सय ६० जना एचआइभी संक्रमित भएको पाइएको छ । जसमा महिला ७८ जना र पुरुष ८२ जना रहेका छन् ।

यसरी एचआइभी संक्रमित बढ्नुको कारण मध्ये वैदेशिक रोजगारका लागि विभिन्न देश जानु र असुरक्षित यौनसम्पर्क गर्नु मुख्य कारण रहेको पाइएको छ ।

‘धन कमाएर परिवारलाई सुःख दिने उद्देश्यले भारत गएका हाम्रा श्रीमानहरुले धनको सट्टा एचआईभीको भाइरस लिएर आउनुभयो’ संक्रमित कविताले भन्नुभयो, ‘अहिले आएर हामी औषधि उपचार कसरी  गर्ने र साँझ बिहानको छाक कसरी टार्ने भन्ने पिरलोमा छौं ।’

यसरी एचआइभी संक्रमित भएपछि छोराछोरीलाई पालन पोष्ण कसरी गर्ने र पढाउने भन्ने चिन्ता रहेको संक्रमितहरुले बताउने गरेका छन् ।

यसरी एचआइभी संक्रमित भएपछि अर्धाखाँचीमा अहिलेसम्म १३ जना महिला र २७ जना पुरष गरी ४० जनाले ज्यान गुमाइसकेको तथ्याङ्क छ ।

Comments

comments

Read More