संघीय गठबन्धन र मधेसी मोर्चाद्वारा अनिश्चितकालिन आमहड्तालको घोषणा,

इसरोकार संवाददाता काठमाडौं, चैत ३– संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको चुनावको मुखमा आन्दोलनको घोषणा गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालिन आमहड्ताल तथा नेपालबन्दसम्म रहेको छ ।

मोर्चाले आन्दोलनका उद्देश्य दुई वटा बनाएको छ, पहिलो- सरकारलाई तर्साएर बैशाख ३१ को चुनाव वीचैमा स्थगित गराउनु । र, दोस्रो- यदि चुनाव स्थगित भएन भने निर्वाचन कार्यक्रममा र मतदानमा अवरोध पुर्‍याउनु ।

गठबन्धन र मोर्चाले  आइतबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी बैशाख २७ देखि आमहड्ताल तथा अनिश्चितकालिन नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको गठबन्धनका प्रवक्ता ओम गुरुङले जानकारी दिए ।

Comments

comments

Read More