भारतले होइन नेपालले पुरै नाका बन्दी गर्नुपर्छ ।

सरोज थापा मगर:

नेपाल विश्वकै सुन्दर राष्ट्रहरु  मध्ये  तेस्रो सुन्दर राष्ट्रको रुपमा चिनिन्छ । जलस्रोतमा दोस्रो । नेपालमा अथाह बिकासको सम्भाबनाहरु छन् । नेपालको खानी, प्रकृतिक स्रोत साधनहरु अथाह र असंख्य छन्  । तर पनि ढुंगे युग देखि संचारको समाज सम्म आइपुग्दा पनि नेपालको बाठा र राजा माहाराजा भनाउँदाहरुले कहिल्यै  पनि बिकासको योजना र भिजन बनाउन चाहेनन् र बनाएनन्, फलस्वरुप नेपाल बिश्वको दोस्रो गरिब मुलुकको रुपमा चिनिन्छन् र हामी त्यस देशको नागरिक, आजको दिन सम्म नेपालमा गोपाल बंशि , महिशपाल, लिच्छवि काल, राना काल , पंचायत  काल, लोकतान्त्रिक  गणतन्त्र गरि धेरै वटा शासकहरु परिवर्तन भैसकेका छन् ।

यी इतिहासहरुलाई  हेर्दा शासकहरुले जनतालाई  जहिले पनि शोषण मात्र गरिरहे र आफ्नो इच्छा , स्वार्थ मात्रै पूरा गरेको पाइन्छ । यसलाई  हामीले बिश्वको बिकासहरुलाई  हेरेर मुल्यांकन गर्न सकिन्छ । छिमेकी राष्ट्र  भारत र नेपालको सिमाना  खुल्ला छ । सजिलै आवातजावत गर्न  सकिन्छ । जनतालाई  माकाफुइ देख्ने आफुलाई  बिश्वको शक्तिशाली ठान्ने राजा महाराज घ्याम्पेहरु कमिसन खाएर  नेपालमा हरेक सामान भित्र्याउन  माहिर छन । यसलाई  रोक्न एउटा इमान्दार, साहशी नेतृत्वको आबश्यक छ ।

भारतले होइन नेपालले नै पुरै नाका बन्दि गरेर नेपालको ढुङ्गा निचोरेर  अति आबश्यक पेट्रोल उत्पादन गर्न सक्नुपर्छ । अनि मात्र बिकासको ज्वालामुखी फुट्छ  । सम्पुर्ण देशमा रहेका सम्भाबित भौतिक/अभौतिक स्रोत साधनहरुलाई  प्रयोग गर्दै सम्पुर्ण कुरामा आत्मनिर्भर नभई  देश सकारात्मक परिवर्तनको कल्पना सम्म गर्न सकिन्न  । नेपालको भौतिक (अभौतिक संरचनालाई  प्रयोगमा ल्याउनको निम्ति नेपालमा बसोबास गर्ने सम्पुर्ण तराई ,पहाड ,हिमालका जनतालाई  बिभेत रहित स–सम्मान  अधिकार दिन आबश्यक छ । किनकी सम्पुर्ण नेपालीहरु काम गर्न र आफ्नो भूगोल, आफ्नो देश बनाउन सक्षम छन् ।

(उनी संघिय समाजवादी फोरमका भातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य हुन् ।)

Comments

comments

Read More