लिभरपुल साउथह्यामप्टनसँग हार्‍यो

पुस २८ – साउथह्यामप्टनले इएफएल कप (लिग कप) फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा साउथह्यामप्टनले लिभरपुललाई १–० ले हराएको छ ।घरेलु मैदानमा भएकोखेलमा साउथह्यामप्टनलाई जिताउन २० औं मिनेटमा नाथन रेडमोण्डले गरेको गोल नै निर्णायक बन्यो ।प्रिमियर लिगमाशीर्ष स्थानको होडमा रहेको लिभरपुल यो खेलमा भने साउथह्यामप्टनसँग पराजित भयो । लिभरपुलकागोलरक्षक लोरिस

कासिउसले पहिलो हाफमा रेडमोण्डका दुई प्रहारको सुन्दर बचाउ गरेका थिए । सेमिफाइनलको दोस्रो लेग जनवरी २५ मा लिभरपुलको मैदानमा हुनेछ ।

 

Comments

comments

Read More