जनकल्याण तमु समाजको अध्यक्षमा पुनः इन्द्रबहादुर तमु

पोखरा १६,साउन /जनकल्याण तमु समाज(थाक)को अध्यक्षमा पुनः इन्द्रबहादुर गुरुङ चयन हुनुभएको छ। पोखरा १२ नहरमार्गस्थित समाजको २६ औँ बार्षिकोत्सव तथा साधारणसभाले सर्वसम्मत कार्यसमिति गठन गरेको हो ।

समाजको उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ, सचिवमा मिना गुरुङ, सह–सचिवमा खोमबहादुर गुरुङ, कोषाध्यक्षमा सुवेदार गणेशबहादुर गुरुङ चयन हुनु भएको छ ।त्यस्तै सदस्यहरुमा हरिबहादुर गुरुङ, यज्ञबहादुर गुरुङ, बालकृष्ण गुरुङ, बेलबहादुर गुरुङ, तुलाराम गुरुङ, नन्दकुमारी गुरुङ, आशकुमारी गुरुङ, साबित्री गुरुङ, रिता गुरुङ, पुष्पा देवी गुरुङ, हुकुमबहादुर गुरुङ र बेलबहादुर गुरुङ चयन हुनु भएको छ । यसैगरी आमा समितिको अध्यक्षमा नन्दाकुमारी चयन हुनुभएको छ ।

पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनु भएका इन्द्रबहादुर गुरुङले आफ्नो पुर्खाहरुको सांस्कृतिक धरोहरलाई बचाई राख्न गुरुङ संस्कृतिको विकास तथा सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।समाजको २६ औँ बार्षिकोत्सवमा आर्थिक वर्ष २०७३÷०७४ को आयव्यय कोषाध्यक्ष सुवेदार गणेशबहादुर गुरुङले प्रस्तुत गर्नु भएको थियो भने समाजका कलाकारहरुले विविध सांस्कृतिक नृत्य प्रस्तुती गरी मनोरंजन प्रदान गरेका थिए ।

Comments

comments

Read More