साइप्रस बाट बुद्ध लामा जिताउ अभियान को लागि नगद रु ३२०००० (तिन लाख बिस हजार) नगद सहयोग

“प्रतिष्ठाको पहिलो आवाज” नेपाल आइडल को बिजेता बुद्ध लामा लाइ नेपाल आइडल बनाउनको निमित देश तथा विदेश एवं विभिन्न स्थान बाट सहयोग गर्नु भएको थियो जसको कारण आज बुद्ध लामा नेपालको पहिलो नेपाल आइडल बन्न सफल हुनु भएको छ।

 


यसैक्रममा फेसबुक मार्फत खुसि शेर्पा र कल्पना दोङ्ग को नेतृत्वमा बुद्ध लामा जिताउ अभियान अन्तगर्त फेसबुक म्यासेन्जर ग्रुप संचालन गरि करिब दुइ हप्ताको अन्तरालमा नगद रु तिन लाख बिस हजार रुपैया संकलन गरेर बुद्ध लामा जिताउ अभियान नेपालको अभियान कर्ता सोनाम छिरिङ्ग शेर्पा र राजिव मोक्तान तामांग मार्फत रकम पठाईको थियो।

 

उहाहरुले उक्त रकम नेपालमा चाबहिल महङ्गकाल बौद्ध र कपनमा ग्रुप परिचालन गरि भोट गरेको थियो ।यो महान अभियान मा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी महानुभाबहरुलाई हार्दीक धन्यवाद दिनुहुदै अभियान को नेतृत्वकर्ता  खुसि शेर्पा ले भन्नुभयो हामीले नेपाली सांगीतिक बजारमा एउटा इतिहास रचेका छौ।र यस्तै सामाजिक कार्यमा सदैव अगाडी बढिरहने प्रतिबद्धता पनि रहने छ खुसि ले भन्नुभयो । यस अभियान का अर्का नेतृत्व कर्ता कल्पना दोङ् भन्नु हुन्छ पितृसत्तात्मक राज्य सत्ताले ग्रसित हाम्रो समाज सदैव नारीलाई दोस्रो बरियताको रुपमा हेर्ने लाई हाम्रो यो अभियान ले एउटा सकारात्मक संदेश दिएको छ जुन हामीले आज बुद्ध लामा जिताउ अभियान मार्फत नारीको नेतृत्वमा अभियान संचलान गरेर सफल बनाएको छौ ।  र यो अभियान मा साथ सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा पनि हाम्रो ग्रुप सदैव सक्रिय रहने जानकारी गराउनु को साथै बुद्ध लामा लाइ हार्दिक बधाई ज्ञापन गर्नु भएको छ।

यसका साथै यो महान अभियानमा महत्वपूर्ण भूमिका निर्वाह खेली सहयोग गर्नु हुने बिशेस धन्यवाद को पात्र हरु ।
१. राजिव मोक्तान नगद रु ३०००० (तिस हजार ) रामेछाप हाल काठमाडौँ
२ कल्पना दोङ् नगद रु ३००००० (तिस हजार ) राम्छाप हाल साइप्रस
३ खुसि शेर्पा नगर रु ३०००० (तिस हजार ) भोजपुर हाल साइप्रस
४.बुद्ध योञ्जन तामांग नगद रु ३०००० (तिस हजार ) रामेछाप हाल साउदी अरेबिया
५ गोबिन्द घिसिङ्ग नगद रु २००००(बिस हजार ) चितवन हाल साउदी अरेबिया
६ राम बहादुर तामांग नगद रु २०००० (बिस हजार ) रामेछाप हाल दुबई
७ अरुण श्यांग्तान नगद रु २०००० (बिस हजार ) नुवाकोट हाल साउदी अरेबिया
८.जित तामांग नगद रु २०००० (तिस हजार ) रामेछाप हाल मलेसिया
९.दिपक पाख्रिन नगद रु २०००० (बिस हजार ) दोलखा हाल साउदी अरेबिया
१०.ज्ञान लामा नगर रु २०००० (बिस हजार ) धादिंग हाल कोरिया
११ निता घिसिङ्ग नगद रु ३०००० (तिस हजार ) रामेछाप हाल साइप्रस
१२ दावा तामांग नगद रु ५०००० (पचास हजार ) सिन्धुपाल्चोक हाल अमेरिका

जम्मा नगद रु ३२०००० (तिन लाख बिस हजार )
मात्र

Comments

comments

Read More