सबैलाई रुवाउदै पविताको न्याउली चरी

रातो मेहन्दी लाउदिन केशैमा बोलको लोक दोहोरी गीतबाट गायन क्षेत्रमा डेब्यू गरेकी पविता ग्याबा तामाङले अर्को मार्मिक लोक गीत गाएकी छन !

उनले आफ्नै जीवन कथामा आधारित न्याउली चरी रुन्छ बनैमा बोलको लोक गीत गाएकी हुन !जीवनको आरोह अवरोहका बीच एउटी चेलीले भोग्नु परेको जीवनको कथा व्यथा समेटिएको उक्त गीत गायिका पविताको आफ्नै वास्तविक जीवन कहानी समेटेर बनाइएको हो ! अत्यन्तै मार्मिक उक्त गीतको शब्द विरेन्द्र ग्याबा तामाङले कोरेको छन भने संगित आर.बि लामाले भरेको हो। उक्त न्याउली चरी रुन्छ बनैमा गीतको प्रस्तुतकर्ता मलेशियामा कार्यरत संगित प्रेमी प्रकाश तामाङ हुन ! पहिलो गीति एल्बम रातो मेहेन्दीबाट स्रोताले राम्रो प्रतिक्रिया र थप हौसला प्रदान गरेको कारण दोस्रो पटक लोक गीत गाउन सफल भएको गायिका पविताले बताइन !

बिगत एक दशक अघिदेखि काठमाडौँ बस्दै आएकी पविताको जीवन संघर्षको कथा बोकेको गीतवाट राम्रै सफलता मिल्नेमा प्रस्तुतकर्ता प्रकाश तामाङ ढुक्क छ ! ओखलढुगां स्थित चम्पादेवी गाउँपालिका वडा नं ५ पोखरेमा जन्मेकी गयिका पविताले हालसम्म संगित सिकेको छैन

Comments

comments

Read More