संसफोको पोखरा लेखनाथ महानगरस्तरीय प्रशिक्षण

हुम तमु

संघीय समाजवादी फोरम नेपाल, पोखरा लेखनाथ महानगर समितिले आइतवार अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ ।

नौडाडास्थित हिमालयन देउराली रिसोर्टमा आयोजिक प्रशिक्षणमा पार्टी सुदृढीकरण, आउदै गरेको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन, समसामयिक राजनीतिक विषयमा पार्टीको योजना एवं धारणाबारे कार्यकर्तालाई प्रशिक्षित गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी फोरमका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले पहिचानवादीहरुको एकता आवाश्यकतामा जोड दिनुहुदै बैकल्पिक राजनीतिक शक्तिको ससफोले नेतृत्व गर्ने बताउनुभयो । उहाँले राजनीतिक एजेण्डाको सम्मान र उचित तालमेल नभए कुनै पनि पार्टीहरुसँग चुनावी तालमेल नहुने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं तमुवान सहइञ्चार्ज धनप्रसाद तामाङले पार्टीको सैद्धान्तिक मुल्य मान्यता, केन्द्रीय सदस्य सुन्दर गुरुङले नेता र नेतृत्व शैली, केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज देवीराज तमुले कास्कीमा पार्टीको निर्वाचनको तयारी र चुनौती, बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङले विदेशमा संघीय समाजवादी फोरम, जिल्ला अध्यक्ष दीपक तामाङले संगठनका विविध पक्षमा प्रशिक्षण दिनुभएको थियो ।

पोखरा लेखनाथ महानगरपालिका समितिका अध्यक्ष क्याप्टेन मेकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव चन्द्र तामाङ मुस्कानले गर्नुभएको थियो ।

Comments

comments

Read More